हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीभित्रको बहस बिधी र पद्धतीका लागिमात्र भएको बताएका छन् । पार्टी कार्यालय धुम्वाराहीमा शनिबार कांग्रेसका पूर्व सांसद कौसर साहलाई नेकपा प्रवेश गराउदै प्रचण्डले अवको समाजवादको यात्रामा अघि बढ्न सन्दर्भमा कस्तो आर्थिक नीति हुने, कस्तो राजनीतिक मान्यताहरुलाई अवलम्वन गर्दै जाने र कस्तो आचारसंहितालाई पालन गर्ने भन्ने बहसमात्र भएको बताएका हुन् । उनले बिधी बिधान र पद्धतीलाई स्थापीत गर्न पार्टी भित्र हुने बहस स्वभाविकमात्र भएको उल्लेख गरे । संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको भन्दै प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको दायित्व पनि कम्युनिष्ट पार्टीको नै भएको धारणा राखे । प्रचण्डले गणतन्त्रलाइ रक्षा र सुदृढ गर्ने र यो प्रणालीमार्फत मुलुकको आर्थिक बिकासको यात्रा तय गरिने भन्दै यसमा चूनौति सामना गर्ने तागत कम्युनिष्ट पार्टीभित्र मात्र रहेको बताए । त्यस्तै नेकपा नेता माधव कुमार नेपालले नेकपाप्रति जनताको विश्वास बढ्दै गएको बताए । पार्टी प्रवेश गर्दै साहले कांग्रेसको नेतृत्व असक्षम तथा विचारविहीन भएकाले आफूहरुले कांग्रेस पार्टी परित्याग गरेको बताईन । कांग्रेसले बीपीको विचारलाई पार्टी सिद्धान्त बनाउन नसकेको उनको आरोप छ । उनले कांग्रेसमा गुट–उपगुट रहे पनि एकजुट बनाउन नसकेको आरोप पनि लगाए । साह दोस्रो संविधानसभा निर्वाचन २०७० मा कांग्रेसको तर्फबाट मुस्लिम कोटामा सांसद बनेकी थिए । उहासंगै १०९ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update