नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज धुम्बाराहीमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने बताइएको छ ।
यसअघि २१ मंसिर गते बसेको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक एक हप्ताका लागि सारिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको थिए। बैठकको प्रारम्भमै सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएको थिए । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै त्यसको फिर्ताको अडान राख्दै आफू बैठकमा नआएको बताएका थिए ।
ओलीले पोख्रेलको स्वरमार्फत आफ्नो भनाइ बैठकमा राखेपछि बैठक एक हप्ताका लागि स्थगित भएको थियो।
पछिल्लो समय नेकपा भित्रको अध्यक्ष दाहाल पक्षका नेताहरुले प्रधानमन्त्री ओलीले दुई मध्य एक पदबाट राजिनामा दिनुपर्ने अडानमा छ भने ओली पक्षले अस्वीकार गर्दै आएको छ । दुई अध्यक्षबीचको चर्को लिखित आरोप प्रत्यारोपका कारण नेकपा बिवाद थप चूलिएको थियो । यी दुई अध्यक्षले पेस गरेको प्रस्तावको छिनोफानो स्थायी कमिटीले गर्ने बताइएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय