नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली सरकार इतिहासकै भ्रष्ट भएको आरोप लगाएका छन् । सोमबार काठमाडौंको शान्ति वाटिकामा गरेका प्रदर्शनमा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नकै लागि सबै निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गरेको आरोप लगाए ।
नेता पौडेलले अब कुनै पनि तानाशाही र सर्वसत्तावाद विरुद्ध जुर्मुराएको बताए । नेपाली जनता जागरणको अवस्थामा पुगेका भन्दै उनले अब कम्युनिस्ट शासन समाप्त हुने धारणा राखे ।
गोकर्ण, यति, वाइडवडीदेखि ओम्नीसम्मका भ्रष्टाचारका कुरा आएको भन्दै उहाले कम्युनिस्ट पार्टीका बहुमत नेताले यो सरकार भ्रष्टाचारी भनिसकेको बताए ।
उनले भ्रष्टाचार, असुरक्षा पक्षपात बढेको तथा राज्यलाई कम्युनिस्टकरण गर्ने दुस्साहस भइरहेको पनि बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय