राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपालको निर्माणका लागी राजसंस्थाको वकालत गरेको दाबी गरेका छन् ।
मुलुकभर राजा आउ देश बचाउ भन्दै सडकमा भईरहेको आन्दोलनको आलोचना भईरहेका बेला अध्यक्ष थापाले आफ्नो ट्वीटर मार्फत यस्तो धारणा व्यक्त गरेका हुन् । उनले ट्वीटरमा राजसंस्था वकालतका क्रममा कसले के भन्छ भन्ने आँफुहरुलाई चिन्ता नहुने बताएका छन् ।
थापाले धर्म संस्कृति, परम्परा, इतिहासको संरक्षण र सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका हुन् ।
उनले लेखेका छन्: 'धर्म संस्कृति,परम्परा,इतिहासको संरक्षणरसम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हामीले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ। कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुंदैन ।'
https://twitter.com/KTnepal/status/1338649207809327104
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय