नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका सभापति शेरबहादुर देउवालाई उपसभामुख चयन भएपछि मात्र संवैधानिक परिषद्को बैठकमा जान सुझाव दिएका छन् । मंगलबार बिहान कैलालीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदमा चयन नभई बैठकमा नजान सुझाएका हुन् ।
परिषदमा प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता रहने प्रावधान छ। परिषदको सदस्य समेत रहने उपसभामुखमा चयनपछि मात्र परिषदले पूर्णता पाउने थापाको भनाइ छ ।
आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले १३ महिनापछि संवैधानिक परिषदको बैठक बोलाएका हुन् । परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत ४५ रिक्त रहेको ठाउँमा नियुक्तिका लागि आज बस्दै छ । परिषदको बैठक केहि समयमा बस्दैछ ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय