नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगत लामो समयदेखि उपसभामुख पद रिक्त राख्दै सभामुखलाई पनि विश्वासमा नलिएर संवैधानिक परिषदमा कोरम पुगने भन्नु हाँस्यास्पद भएको प्रतिक्रिया व्यक्त गरेका छन्।
मंगलबार बिहान बसेको संवैधानिक परिषद बैठकमा सत्तारुढ नेकपाकै तर्फबाट निर्वाचित सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिएर कोरम पुगेन भन्नु र अधिवेशन छलेर संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको देउवाले बताएका छन्।
परिषदको साँझ ५ बजेका लागि डाकिएको बैठकमा जाने तयारीमा रहेकै बेला प्रधानमन्त्रीले अध्यादेश जारी गरेपछि आक्रोसित भएर बैठकमा नजाने निर्णय गरेका देउवाले ट्वीटरमार्फत भनेका छन्, ‘
उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ। यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ।’
https://twitter.com/DeubaSherbdr/status/1338816745625153538
साथै देउवाले ओलीले जारी गराएको अध्यादेशप्रति आफ्नो पार्टीको प्रष्ट विमती रहेको पनि बताएका छन्।
विद्यमान संविधान र कानूनले संसदको सभामुख र उपसभामुख पदमध्ये अलग अलग दल र लिंगको हुनु पर्ने व्यवस्था गरेको भएपनि सत्तारुढ नेकपा र यसको नेतृत्वले सुरुमा दुबै पदमा आफैले कब्जा जमाएर बसेको थियो। गत वर्ष तत्कालिन सभामुख कृष्णबहादुर महराको विवादस्पद क्रियाकलापपछि राजीनामा दिएको केही महिनापछि नेकपाका सांसद अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए। तर, संविधान र कानून बमोजिम उपसभामुखमा नेकपा भन्दा बाहिरको सदस्यलाई निर्वाचित गराउनु पर्ने स्थिति उत्पन्न भएसँगै उक्त प्रवाधानको प्रदेशमा पनि अनुसरण गर्नु पर्ने भएपछि ओलीले उपसभामुख पद निर्वाचनबारे आलटाल गर्दै आएका थिए।
जसको कारण आजको बैठकमा ६ सदस्य रहने परिषद सदस्यमा सभामुख अनुपस्थित हुँदा कोरम समेत पुगेन।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय