हिमाल दैनिक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकतालाई जोगाउँदै गलत प्रवृत्तिको डटेर सामना गर्ने निर्णय गरेका छन् । शुक्रबार पेसिरडाँडास्थीत नेकपा जनवर्गीय संठनको कार्यालयमा बसेको सो समूहको प्रदेश १ स्तरीय भेलाले पार्टीलाई सुदृढ र गलत कुराको विरोधमा डटेर लड्ने निर्णय गरेका हुन् । एकाधिकार र सर्वसत्तावादका विरुद्ध डटेर लड्ने निष्कर्ष भेलाले निकालेको छ । भेलामा नेकपाका अध्यक्ष प्रचण्डले आफूहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका थिए । अध्यक्ष प्रचण्डले आफूहरुले ल्याएको प्रतिवेदनमा प्रवृत्तिगत कुरा मुख्य भएको बताएको भेलामा सहभागी एक नेताले जानकारी दिए । त्यस्तै भेलामा सहभागी नेकपा सांसद धर्मशिला चापागाईले भेलामा प्रचण्ड लगाएत बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि संवोधन गरेको बताए । उनले पार्टीभित्रको वर्तमान अवस्थाका बारेमाा छलफल भएको र एकतालाई सुदृढ बनाउनुपर्नेमा सवैको जोड रहेको उल्लेख गरे । भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागी भएका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update