हिमाल दैनिक
अध्यक्ष दाहाललाई भेट्न मानेन् ओली
prachanda
संसद विघटनपछि बालुवाटार पुगेका नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसंग भेट्न प्रधानमन्त्री ओलीले अस्वीकार गरेका छन् । प्रचण्डका उनका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग भेट्न नमानेको बताए । उनले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको प्रचण्डको धारणा रहेको जानकारी दिए । संसद बिघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि प्रचण्ड बालुवाटार पुगेका थिए ।
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update