जनता समाजवादी पार्टीका नेता राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री के.पी. शर्मा ओलीले संविधानको मर्म र भावनाको हत्या गरी कू गरेको बताएको छ । उनले आज आफ्नो सामाजिक संजाल फेसबुकमार्फत संघीय संसद प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु ओलीको प्रतिगामी कदम भएको बताएका हुन्। उनले ओलीको उक्त कदमविरुद्ध तत्काल प्रतिनिधिसभाको बैठक डाक्नका माग गरेका छन्।
नेता श्रेष्ठले यस कदमको विरूद्ध रहेका सबै अग्रगामी परिवर्तनका पक्षधर शक्तिहरू मिलेर पुनः एकपटक संयुक्त जनआन्दोलनको आँधीबेहरी सृजना गर्नुगर्ने बताउँदै अबको आन्दोलनको मुख्य एजेण्डाहरू प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरण, राष्ट्रिय स्वाधीनता, सहभागितामूलक समावेशी लोकतन्त्र, अधारभूत मानव अधिकारको रक्षा, विधीको शासन, समतामूलक समृद्धि, जनजीविकाको ग्यारेण्टी, सुशासन आदि हुनुपर्ने बताएका छन् ।
सङ्घीय सांसद समेत रहेका श्रेष्ठले यसको प्रारम्भ भने प्रतिनिधिसभा विघटनको षडयन्त्रविरुद्ध सबै अग्रगामी परिवर्तनकारी शक्तिहरूको 'सङ्घीय लोकतान्त्रिक गठबन्धन' बनाएर गर्नुपर्ने बताएका छन् ।
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय