हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संसद विघटन शिफारिस गर्नु असंवैधानिक रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष पेस गरेपछि सभापति देउवाले ओलीको उक्त कदम असंवैधानिक रहेको बताएका छन् । उनले आफ्नो सामाजिक संजाल मार्फत उनले भनेका छन् ,'अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर असहमति छ। संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न ।' अब यो कदमप्रति नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गरि राजनीतिक प्रतिवाद गर्ने देउवाले बताएका छन्।
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update