नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासन कार्वाहीका लागि सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ओलीलाई कार्वाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओलीलाई अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लग्ने, त्यसका लागि पुस ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको उनले बताए ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर अलोकतान्त्रिक, जनादेशविरुद्ध कार्य गरेको ठहर गर्दै स्थायी कमिटीले त्यस्तो निर्णय गरेको उनले बताए । उनले प्रधानमन्त्रीको कदमविरुद्ध कानूनी उपचार खोज्ने निर्णय भएको पनि जानकारी दिए । उनले सोमबार १ बजे संसदीय दलको बैठक बस्ने र सोमबार नै दिउँसो तीन बजे स्थायी कमिटी बैठक जानकारी दिए ।
बैठकले पूर्वसभामुख कृष्ण बहादुर महारालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । बैठकमा ओली पक्षका नेताहरु भने सहभागी भएनन् ।
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय