नेकपाका प्रचण्ड–नेपाल समूहको सांसदहरुको बैठकले अविलम्ब संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको हो ।
बैठकले प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष निकाल्दै संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अघि बढाइनुपर्नेमा जोड समेत दिएको छ ।
नेपालको संविधान बमोजिम प्रतिनिधि सभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको समेत निष्कर्ष बैठकले निकालेको नेता देव गुरुङले जानकारी दिए ।
बैठकअघि गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय