हिमाल दैनिक
राप्रपाका अध्यक्ष कमल थापाले संसद बिघटनको कदमबिरुद्ध जनताको माझमा गएर संघर्ष गर्ने बताएका छन् । सोमबार काठमाडौंमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले कम्युनिष्टले जनतामाथि कुठाराघात गरेको समेत बताए । उनले राप्रपाले संविधान विरोधी सरकारको कदमको प्रतिरोध गर्ने उल्लेख गरे । उनले प्रधानमन्त्री केपी ओली सरकारको कदमविरूद्ध जनसंघर्ष गर्दै राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने बताए । तीन लाख सक्रिय सदस्य बनाउने राप्रपाको योजना रहेको बताउदै थापाले क्रिय सदस्यहरूबाट प्रतिनिधि हुने गरी महाधिवेशन सम्पन्न गर्ने धारणा राखे । त्यस्तै राप्रपाका अर्का अध्यक्ष पशुपति शम्भेर राणाले संविधानको कुनै दफा प्रयोग नगरि सरकारले संसद बिघटन गरेको आरोप लगाए । उनले मन्त्रीपरिषद्ले सिफारिस गरेपनि राष्ट्रपतिले कुनै छलफल गनै नगरि त्यसलाई पारित गर्नु दुर्भाग्य भएको टिप्प्णी गरे । बैठकमा पछिल्लो घटनाक्रम, भावी रणनीतिका साथै सांगठनिक र सक्रिय सदस्य निर्देशिका, महाधिवेशनको तयारी लगाएतका बिषयमा छलफल भएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update