नेपाली कांग्रेसले संसद बिघटनको कदम बिरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए ।
पहिलो चरणमा सांकेतिक विरोधको तयारी गरेको कांग्रेसले यही पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गर्न लागेको हो ।
प्रवक्ता शर्माका अनुसार आगामी १३ गते देशभरका संघीय निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछ । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक एवं अलोकतान्त्रिक भएको भन्दै आन्दोलनका बिषयमाा पार्टीभित्र कुनै विवाद नरहेको बताए ।
उनले आन्दोलनका बिषयमा पार्टीसभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुनै मतभिन्नता नरहेको पनि स्पष्ट पारे ।
कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा देशभर कार्यक्रम गर्ने यसअघि नै तय गरिसकेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको उनले बताए।
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय