हिमाल दैनिक
‘हामी यहाँ छौँ’ भन्दै प्रचण्ड–नेपाल समूह सडकमा
dahal-nepal-samuha
नेकपा प्रचण्ड–नेपाल समूहले संसद बिघटन विरुद्ध आन्दोलन सुरु गरेको छ । पहिलो चरणको आन्दोलन स्वरुप शुक्रबार नेकपाका मुख्य तीन शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सडक आन्दोलनमा उत्रिएका छन् । पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार अरु नेताहरुसँगै उनिहरु माइतीघर मण्डलाको प्रदर्शनमा सहभागी भएका छन् ।‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर उनीहरु सडकमै बसेका थिए । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने पूर्वघोषित कार्यक्रमअनुसार नेताहरुले माइतीघरबाट आन्दोलन सुरु गरेका हुन् । प्रदर्शनमा विघटित प्रतिनिधिसभाका प्रचण्ड–नेपाल समूहका अरु सदस्यहरुले ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड बोकेका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update