नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली प्रधानमन्त्री पद जोगाउनतिर मात्रै लागेको आरोप लगाएका छन् ।
नेकपा सम्पर्क समन्वय कमिटीको शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रबृति देखाउन थालेको र पद जोगाउनतिर मात्रै ध्यान केन्द्रीत गरेको अरोप लगाएका हुन् ।
आफूहरुले विश्वासका साथ ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएपनि खनालले जनताको सम्मृद्धि आकाँक्षा पुरा नगरी पार्टीलाइै भर्याङमात्र बनाएको बताए ।
विश्वासको साथमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर मुलुकको अभिभारा सुम्पनु गलत भएको उनले बताए । खनालले संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले जनताको अपेक्षाविपरीत काम गरेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले अनेक पटक संंसद भङ्ग गर्ने धम्की दिएको तर आफूहरुले संविधानले नदिने भनी सुध्रने मौका दिएको खनालले बताए ।
उनले समाजवादको बाटो अवलम्बन गर्नुको विकल्प नभएको भन्दै यसका लागि कार्यदिशा, लक्ष्य र कार्यक्रम नयाँ बनाएर अघि बढ्नकै लागि दुई पार्टीबीच एकता गरिएपनि ओली त्यस दिशातर्फ नहिँडेको आरोप लगाए ।
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय