हिमाल दैनिक
मुलुक ठूलो संकटमा जाँदैछ: अध्यक्ष दाहाल
prachanda-pushapa-kamal-dahal-nekapa
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई ठूलो संकटमा पुराउने कोसिस भएको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई संवोधन गर्दै प्रचण्डले संविधानलाई बेवास्ता गर्दै संसद बिघटन गर्ने र मुलुकलाई ठूलो संकटमा पुराउने कोसिस भएकाले यसलाई जनताले नै रोक्नुपर्ने बताएका हुन् । उनले अहिलेको संवैधानिक निकायलाई सहजीकरण गर्न जनताको अदालतमा जाने धारणा राखे । आफ्नै पार्टीको नेताले संविधानको मर्म र भावनालाइ कुल्चने अवस्था आउनु दुर्भाग्य भएको उनको भनाई छ । अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक प्रतिकारमा उत्रन आह्वान पनि गरे । त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले आफुहरु नै मुल पार्टी भएको भन्दै ओलीले गुटमात्र चलाइरहेको आरोप लगाए । कार्यक्रमका अन्य सहभागीहरुले संविधानको रक्षा गर्दै आदिवासी लगाएतको अधिकार स्थापीत गर्न एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update