हिमाल दैनिक
नेकपा भनेको फुटेको छैन, कसैले चाहेर पार्टी फुट्न सक्दैन: पोख्रेल
ishwor-pokhrel-nekapa
नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका नेता ईश्वर पोखरेलले नेकपाका बिषयमा निर्वाचन आयोगले गरेको निर्णय सकारात्मक रहेको बताएका छन् । उपत्यकामा माघ २३ गते गर्न लागिएको जनसभाको जानकारी गराउन सोमबार पार्टी कार्यालउ धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले आयोगको निर्णयले पार्टी फुटाउन कसैले चाहेर पनि नसक्ने स्पष्ट पारेको भन्दै आयोगको निर्णलाई सकारातमक रुपमा लिएको बताएका हुन् । निर्वाचन आयोगबाट केपी ओलीले राख्दै आएको अडानलाई बल पुग्ने निर्णय भएको उनको भनाई छ । प्रचण्डले आरोपपत्र फिर्ता र निर्वाचनमा भाग लिए अहिलेको समस्या समाधान गर्न सकिने उनको भनाइ थियो । उनले लोकतन्त्रको रक्षाका लागि काठमाडौंमा जनसभा गर्न लागिएको जानकारी पनि दिए । बागमती प्रदेश संगठन कमिटीको आयोजनामा काठमाडौँको रत्नपार्कमा गर्न लागिएको जनसभाका लागि कृष्णगोपाल श्रेष्ठको सयोजकत्वमा ११ सय ११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरेको बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेलले जानकारी दिए । वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बास्तविकता जनतालाई जानकारी गराउने उद्देश्यले जनसभा आयोजना गर्न लागिएको उनले बताए । त्यसअघि माघ २१ गते १० हजार मोटर साइकल ¥याली पनि गर्ने नेकपाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update