हिमाल दैनिक
गौतमले गरे एकता राष्ट्रिय अभियानको घोषणा
bamdev-gautam
नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार ललितपुरमा गौतमले पार्टी पुनः एकीकरणको दुई चरणको योजना सहितपार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि पहिलो चरण र दोस्रो चरणको कार्यक्रम सर्वोच्चको फैसला आएपछि सुरु हुने पार्टी एकीकरणसम्बन्धीको गौतमले तयार पारेको अवधारणापत्रमा उल्लेख छ । एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकैतिर फर्काइदिने बताए । गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने समेत उल्लेख गरे । यदि वैशाख १७ र २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्ने व्यक्तिलाई भोट हाल्न पनि गौतमले नेता कार्यकर्तालाई आग्रह गरे । पार्टी विभाजनका लागि केपी शर्मा ओली र पुष्कमल दाहालको बराबर जिम्मेवार रहेको भन्दै उहाले पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको तर्क गरे । उनले आफू बाँच्दसम्म कम्युनिस्ट पार्टीलाई एकवद्धता गर्ने र सानै भएपनि समाजवादको विरुवा रोप्ने इच्छा रहेको बताए । प्रतिनिधिसभा पुनःस्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने गौतमको अवधारणापत्रमा उल्लेख छ । त्यस्तै दुई समूह एक नभई विभाजन भएमा दुवै पार्टीसँग मित्रवत् सम्बन्ध राख्ने पनि अवधारणापत्रमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update