राष्ट्रिय सभाका सदस्य एवम वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओली 'हुतिहरा' भएको टिप्पणी गरेका थिए ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार पनि सुनुवाइ जारी छ। प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाईमा बहस गर्दै बिडारीले सरकार र पार्टी चलाउन नसक्ने प्रधानमन्त्री ओली हुतिहारा भएको बताएका थिए । उनले भने,'पार्टी चलाउन नसक्ने, सरकार चलाउन नसक्ने हुतिहारा, असफल.....’'। उनको यो टिप्पणीप्रति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले असभ्य भयो भन्दै बीचमा काटेका थिए । प्रधानन्यायाधीश राणाले भने,'‘वरिष्ठज्यू, असभ्य भएन र ?’'
त्यस्तै संविधानमा कुनै पनि हालतमा संसद विघटन गर्ने अधिकार राख्न हुन्न भन्ने तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिले भने प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघट गर्दा समेत चुईक्क नबोलेपछि नेम्वाङले दिउँसै रात पार्ने काम गरेको बिडारीले बताए ।
त्यस्तै बहसमा उनले प्रधानमन्त्री ओलीलाई 'संसद फोबिया' भएको बताएका थिए। उनले भने, 'हामीले कस्तो प्रधानमन्त्री बनाइएको रहेछ, जो संसदसँग तर्सिरहन्छन्।’ असंवैधानिक रुपमा प्रतिनिधससभा विघटन गरेका ओली पार्लियामेन्ट फोबिया भएकै कारण राष्ट्रिय सभा पनि तीन दिनमै स्थगित गरेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय