हिमाल दैनिक
ओलीले प्रतिनिधिसभा मात्र नभएर संविधान नै विघटनको अवस्थामा पुर्‍याए: सिटौला
krishna-prasad-sitauala
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा मात्र नभएर संविधान नै विघटनको अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् । शुक्रबार संसद बिघटनको बिरुद्धमा कांग्रेस क्षेत्र नम्बर ६ ले गरेको काठमाडौंको शान्तिबाटीकामा गरेको कार्यक्रममा सिटौलाले संसद बिघटन गरेर संविधानलाई नै असफल बनाउने प्रयास ओलीले गरेको आरोप लगाएका हुन् । उनले प्रतिनिधिसभा विघटन तानाशाही र निरकुंशता पाल्ने षड्यन्त्र भएकाले जनताको अधिकार अन्त्य हुने तर्फ नगइ आत्मालोचना गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे । त्यस्तै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असफल बनाएर प्रतिनिधिसभा पुनस्र्थापना गराउनुपर्ने तर्क गरे । नागरिक र पूरै देशको विषय भएकाले सम्पूर्ण नागरिकले यो विषयमा बोल्न पाउने उनले बताए । संविधानलाई गतिशील बनाउन अदालतको कल्पना गरिएको स्मरण गर्दै नेता सिटौलाले अदालतलाई क्षमता प्रकट गरेर संविधानको रक्षा गर्दै जनविश्वास बटुल्ने अवसर प्राप्त भएको टिप्पणी गरे । त्यस्तै कांग्रेसका नेता गगनकुमार थापाले अदालतमा विचाराधीन भएको मुद्धामा कांग्रेस बोलेर पुस ५ गतेको संसद विघटन असंवैधानिक भनिसकेको बताए । उनले संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी गर्दा अन्यथा लिन नहुने तर्क गरे । थापाले आफू दुबै संविधानसभाको सदस्य भएको उल्लेख गर्दै नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै नगरेको तर्क गरे ।  
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update