नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले केपी ओली नेतृत्वको सरकारको बैधानिकता सकिएको बताएका छ ।
शुक्रबार प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभामा उनले संसद बिघटन गरेर ओलीले सरकारको बैधानिकता गुमाएको बताएका हुन् । प्रचण्डले अहिले संसद भंग नभएर सरकार बिघटन भएको तर्क गरे । ओलीले आफ्नै खुट्टामा बञ्चरो हानेर इतिहासमा नै कलंकको टिका लगाएको धारणा राखे ।
ओलीले पश्चाताप नगरे इतिहासले नै कलंकको रुपमा सम्झीरहने उनको भनाई छ । उनले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि ओलीले अपमानित र हुर्मत लिने काम गरेको उल्लेख गरे ।
त्यस्तै नेकपा सो पक्षका अध्यक्ष माधव नेपालले केपी ओलीको साथमा १०० जना मात्र केन्द्रीय सदस्य रहेकाले मुलु पार्टी आफुहरुको नै रहेको बताए ।
कार्यक्रममा सो पक्षका नेताहरुले संसद बिघटनको विरुद्ध कडा संघर्षका कार्यक्रम गरेर उक्त निर्णय फिर्ता गराउनुपर्ने बताएका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय