नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व जनमुक्ति सेनाहरुलाई हरेक पार्टी कमिटीमा स्थापित गर्न नसक्नु कमजोरी भएको बताएका छन् । बुधबार काठमाडौंमा बहिर्गमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने प्रतिवद्धता पनि जनाए ।
उनले बहिर्गमित जनमुक्ति सेनालाई केपी शर्मा ओली पक्षले भेडाबाख्रा जस्तै किनबेच गर्न खोजेको आरोप पनि लगााए ।
ओलीले अहिले जनमुक्ति सेनालाई माया गरेजस्तो गरेर मुटुमा छुरा रोप्न खोजेको उनले बताए । प्रचण्डले प्रतिगमन,प्रतिक्रान्तिका विरुद्ध र संविधानको रक्षाका लागि सडकमा आएको भन्दै संविधानको रक्षा नै अहिलेको आवश्यकता रहेकाले आफू अहिले फेरि सडकमा आएको धारणा राखे । उनले प्रधानमन्त्रीको कदमलाई प्ररास्त गर्ने र मुलुकलाई सहि ट्रयाकमा ल्याउने दावी गरे ।
कार्यक्रममा पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरुले आफ्नो समस्याका बारेमा अवगत गराएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय