प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भुमरीमा जान नदिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार नेकपा ओली समूहको वाग्मती प्रदेश कमिटीले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटीअगाडि गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरि कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताए ।
उनले आफूलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गर । जनताले सरकारलाई पाँच वर्ष काम गर्ने म्यान्डेट दिएको भए पनि प्रचण्ड–नेपाल पक्षले व्यवधान गरेकाले संसद् विघटन गरी ताजा जनादेशमा गएको ओलीले बताए । प्रधानमन्त्री ओलीले मुलुकभरको कालोपत्रे सडक, चाँदनी–दोधारा सिँचाइ, डुबान नियन्त्रण, हुलाकी राजमार्ग, पूर्व–पश्चिम रेललगायत क्षेत्रमा सरकारले उच्च महत्वका साथ काम गरेको दावी गरे । उनले मुलुकमा शान्तिका लागि लड्ने जनताको सरकार रहेको बताए ।
उनले नेपाल बन्द गरेर तर्साउन खाजिएको भन्दै सभालाई रोक्न बाटोमा अवरोध सिर्जना गर्न खोजेको आरोप लगाए । कोही पनि नाटकबाजको नाटकमा परेर देशलाई गलत बाटोमा जान दिन नहुने ओलीको भनाइ थियो ।
%Aलीले आफूलाई गणतन्त्रविरोधी भनेर प्रचार गरेकोमा असन्तुष्टि जनाए । ओलीले दाहाल–नेपालले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्की दिएको आरोप लगाए । त्यस्तै ओलीले आफु नै आधिकारीक नेकपा भएको भन्दै भ्रममा नपार्न आग्रह गरे । उनले अहिलको प्रदर्शन कास्टङको रुपमा मात्रै रहेको भन्दै छिटै अर्को सभा गर्ने जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय