हिमाल दैनिक
अहिलेको लडाई कुर्सिको लागि होइन: नेपाल
madhab-nepal-
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले अहिलेको लडाई न्याय, संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताएका छन् । आइतबार असंवैधानिक संसद बिघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिका बिषयक अन्तक्र्रियामा अध्यक्ष नेपालले अहिलेको लडाई कुर्सिको लागि नभएर न्याय, संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताएका हुन् । उनले अहिले केपी ओली माक्र्सवाद छाडेर अवरवादतिर लागेको आरोप पनि लगाए । उनले मदन भन्डारीको नाम बेचेर ओलीले स्वार्थ लिईरहको तर्क गरे । ओलीले आफु र प्रचण्डलाई सत्तामा जाने भर्याङमात्र बनाएको उनको भनाई छ । उनले पार्टीभित्र अल्पमतमा परेपछि आफ्नो पद जोगाउनका लागि संसद बिघटन गरेको बताए । ओलीको कदमलाई जनताले पनि विस्वास र साथ पनि नदिएको भन्दै त्यसको ज्वलन्त उदाहरण दरवारमार्ग आमसभा रहेकोे बताए । प्रतिगमनकारी कदमविरुद्ध अहिले आफूहरू आन्दोलनमा रहेको भन्दै उनले प्रतिगमनकारी कदमलाई परास्त गरेरै जिकिर गरे । अध्यक्ष नेपालले संसद बिघटनको बिषयमा संविधान अनुसार न्यायोचित फैसला गर्ने विश्वास व्यक्त गरे । कार्यक्र%Eमा नेकपाका नेता घनश्याम भुसाA4ले लोकतन्त्र स्थापित गर्नको लागि सबैभन्दा धेरै योगदान आफुहरुको नै रहेको बताए ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update