हिमाल दैनिक
कसले भन्यो बोल्न पहिदैन भनेर ? एउटा खलपात्रकोविरुद्ध बोल्दै गर्दा कसले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर?: झाँक्री
ram-kumari-jhankri
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बुधबार आयोजना गरेको आमसभा जारी छ। सभामा नेताहरुले आफ्नो मन्तव्य राख्ने क्रम जारी छ। सभामा मन्तव्य राख्ने क्रममा नेकपाकी केन्द्रिय सदस्य रामकुमारी झाँक्री भने केहि फरक अन्दाज लिएर पुगेकी थिइन्। उनिभन्दा अघिका वक्ताहरुले ओलीले संसद विघटन गरेको निम्ताएको प्रतिगमनकोविरुद्ध खुलेर बोले। तर झाँक्रीले पनि ओलीको प्रतिगमनविरुद्ध फरक शैलीमा प्रस्तुत भईन। सभाका संचालक लीलामणि पोखरेलले बोल्नका लागि झाँक्रीलाई समय दिएपछि उनि 'प्रतिगमन मुर्दावाद' लेखिएको कालो कपडा लगाएर मन्चमा आईन र उक्त कपडा शरीर खोलेर फालिन् । त्यसपछि उनि माइकमा पुगेपछि आफुले लागेको मास्क फुकालिन् । मास्क भित्र उनले कालो टेपले आफ्नो मुख बन्द गरेकी थिइन् । उनले त्यो पनि निकालेर फालिन् र भनिन्: 'बोल्न पाइन्छ। हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ। नागरिकको मुखमा टेप टाँसिएको छैन। सर्व-सत्तावादको विरुद्ध बोल्न पाइन्छ।संविधानको चीर हरन गर्नेका विरुद्ध बोल्न पाइन्छ। संविधान र कानुनी राज्यको खिलाफमा सेटिंग र बन्द कोठा भित्र भएका अध्यारा षडयन्त्रको विरुद्ध बोल्न पाइन्छ। २००७ साल देखि २०४६ साल, २०६२-६३ सम्मका ऐतिहासिक क्रान्तिहरुले भन्छन: नागरिकहरु सर्वभौम सम्पन्न हुन्। त्यसैले नागरिकहरुको बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न सक्दैन। त्यसैले बोल्न पाइन्छ। हामी यहाँ छौ। यो हामीले ल्याएको व्यवस्था हो। आज दरबारमा जस्तै रजाई गर्नेहरु संघर्षका कठिन दिनहरुमा कहाँ थिए दुनियाँलाई हिसाब-किताब थाहा छ । त्यसकारण हाम्रो व्यवस्था भित्र, हाम्रो रगत र पसिना भित्र हजारौं सहिदको बलिदान भित्र, हजारौं घाइते र बेपता परिवारको बलिदानी भित्र, प्राप्त गरेका यी उपलब्धीहरुलाई एकै रातमा एउटा जंगी कागजी बादशाहले च्यातचुत परेर संविधानको बर्खिलाभ गर्ने प्रणाली विरुद्ध बोल्छौ। हामी बोल्न जन्मिएका हौं। नागरिकको सर्वभौम अधिकारीलाई रक्षा गर्न बोलेका हौ त्यसकारण आज हामी यहाँ छौ। त्यसैले आज काठमाडौँ यो मध्य सडकको पेटीहरुमा छरपष्ट मानव सागरले भन्छ: खड्क प्रसाद ओली कागजी बादशाह हुन्। ती ढलिसके अब घोषणा गर्न बाँकी छ । जब बादशाह या तानाशाहले आफ्नो कदलाई घटाउदै घटाउदै जानछन्, त्यति बेला राज्यको सम्पतिको दोहन गर्दै कागजका अग्ला-अग्ला कदका प्रतिमाहरु मात्रै होइन, पुख्याचाहरु बनाउछन्। खड्क प्रसाद ओलीले त्यही गरेका छन् । यो अधगति हो। त्यसकारण यहाँ केहि चार्जहरु छ। हामीलाई बोल्न पाहिदैन भन्ने कार्यकारी प्रधानमन्त्रीको कोठाको एसिस्टेन्ट जस्तै प्रधानमन्त्री वा मन्त्रिपरिषदका निर्णयहरुलाई खुसुक्क सहिछाप गर्ने सम्माननीय राष्ट्रपति, यो राष्ट्रपति सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो । हाम्रो शीर माथिको संस्था हो । तर त्यो संस्थाविरुद्ध बोल्ने दुश्साहस गरेको छैन म । त्यो संस्थामा कुनै व्यक्तिको निर्वाचनको प्रक्रियाबाट गएर निरंकुशताको साक्षी बस्छ, त्यसको एउटा प्यादा बन्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्न पाइन्छ। कसले भन्यो बोल्न पाहीदैन भनेर ? एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर । बोल्न पाइन्छ। महिला अस्मिता त्यति बेला बलात्कृत भएको छ जहाँ भागीरथी भट्ट जस्तै, निर्मल पन्त जस्तै कलिला किशोरीहरु, बालिकाहरु बलात्कृत र हत्या भएको छ । त्यति बेला महिला अस्मिता बेचिएको छ, बलात्कृत भएको छ, खण्डित भएको छ । त्यसकारण एउटा तानाशाह बन्दै गरेको एउटा अहंकारी एक प्रकारको कसैलाई नमान्ने, सबै कुराको सर्वज्ञानी अहंकारी संकी प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्न पाइन्छ।यहाँ निर महिला अस्मिताको प्रश्न आउदैन। कुनै पनि पदमा लिङ्ग हुँदैन। त्यो सार्वजनिक पद हो। त्यसैले बोल्न पाइन्छ। आज १८ बर्ष सम्म बिद्या भण्डारीले प्राइभेट कम्पनी बनाएको एउटा अनेमा संघ भन्ने संस्था छ। त्यसका सदस्यहरुले महिला अस्मिताको गफ गर्दैछन्। मलाई सुन्न हेर्न र समाचारहरुमा पढ्न मन छ, भागीरथीका हत्याराहरुलाई कारबाही गर भनेर गृहमन्त्रालय पुगे कि पुगेनन् ? मलाई प्रश्न गर्न मन छ। '
प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update