नेपाली कम्युनिष्ट पार्टी दाहाल-नेपाल पक्षकी रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी अहिले उनको निवास पुगेका छन्। गोरखामा राष्ट्रपतिलाई दिएको अभिव्यक्तिविरुद्ध झाँक्रीलाई पक्राउ गर्न प्रहरी शंखमूल स्थित उनको निवास पुगेको हो । प्रहरी पक्राउ गर्न आएपछि उनले पत्रकार सम्मेलन गर्दै अहिले सम्म पक्राउ पुजी आफुले नपाएको बताएकी थिइन् । अहिले उनको समर्थकहरुले गेटको बाहिर बसेर नाराबाजी गरिराखेका छन् भने उनि गेटभित्र बसेकी छिन् ।
त्यस्तै नेकपा दाहाल-नेपाल पक्षका नेता योगेश भट्टराईले उक्त घटनाप्रति आफ्नो धारणा दिएका छन्। भट्टराईले झाँक्रीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ हुने बताएका छन्। उनले राष्ट्रपती संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर्न समेत चुनौती देइका छन्। उनले भने छन्, 'ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ । '
झाँक्रीले गोरखाको एक सभामा राष्ट्रपतिलाई लक्षित गर्दै भनेकी थिइन्,'राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।'
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय