हिमाल दैनिक
ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो: अध्यक्ष दाहाल
prachanda-comrade-pushpa-kamal-dahal
नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल पक्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्। बिहिबार नेकपा पार्टी कार्यलय पेरिसडाडामा आयोजित आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेला अध्यक्ष प्रचण्डले राष्ट्रपतिको बारेमा गलत बोलेको भन्ने नाममा प्रधानमन्त्रीले झाँक्रीलाई पक्राउ गर्न ठाडो आदेश दिएको बताएका हुन् । दाहालले हिजोबाट नै प्रहरीले उनलाई पक्रन बल गरिराखेको र आफुहरुले न पक्रन जोड गर्दा गर्दै पनि आज बिहान प्रहरीले उनलाई जबरजस्ती पक्राउ गरेको आरोप लगाए। उनले भनेका छन्,' पुलिसले हिजै पक्राउ गर्न बल गरेको थियो। हामीले नपक्रन जोड गरेका थियौं। आज बिहान प्रहरी आएर उहाँलाई जबरजस्ती पक्राउ गरेर लिएका छन्। कमरेड रामकुमारी झाँक्री त छुट्नु होला तर यसबाट उनीहरूले नियत देखियो। ' झाँक्रीलाई प्रहरी प्रशासनले फौजदारी कसुर दफा-५८ अन्तर्गत पक्राउ गरेको छ । प्रतिनिधि विघटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको शिफारिसलाई कुनै परामर्शविनै तत्काल सदर गरेपछि राष्ट्रपतिका बिषयमा झाँक्रीले सार्बजनिक माध्यमबाटै राष्ट्रपति विरुद्ध आक्रोश व्यक्त गरेकी थिइन्। राष्ट्रपतिका बारेमा उनले व्यक्त गरेको बिषयलाई राष्ट्रपति विरुद्ध धम्की दिएको आरोप लगाउदै राज्य प्रशासनले पक्राउ गरेको हो ।

के आधारमा उनलाई पक्राउ गरियो त?

यस दफाका अनुसार झाँक्रीलाई सात बर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँ सम्मको जरिवाना वा दुवै सजाय हुनेछ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update