संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिगमनतर्फ ढकेल्न खोजेको भन्दै चरणबद्ध आन्दोलनमा रहेका नेकपा प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले ओलीको पुतला बनाएर जुत्ता प्रहार गरेका छन् । सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै ओलीको पुतला बनाएर जुत्ता प्रहार गरेका हुन् ।
प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले साङ्केतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्रहार गरिएको उनीहरुले जनाएका छन् । त्यस क्रममा विद्यार्थीहरुले प्रतिमगन मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।
पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपाको प्रचण्ड माधव पक्ष आन्दोलनमा उत्रिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय