नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाममा परेको रिट निवेदनमाथिको सुनुवाई सकिए पछि अदालतले फाल्गुन २० गते फैसला गर्ने भएको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकीकरण पश्चात निर्वाचन आयोगमा दर्ता भएको पार्टीलाई आयोगले उक्त सत्तारुढ दललाई नेकपाको नाम दिएको थियो ।
राजनीतिक दल सम्बन्धि ऐन कानुनको व्यवस्था अनुसार कम्युनिष्ट नेता ऋषि कट्टेलको नेतृत्वमा रहेको नेकपा पहिले नै आयोगमा दर्ता भएपनि आयोगले ऐन बिपरित उक्त नाममा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको सत्तरुढ दललाई उक्त नाम दिएको थियो । नाम फरक देखाउने उपायका रुपमा (ने।क।पा) को नाम ओली-दाहालको एकीकृत पार्टीलाई दिएपछि कट्टेल अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदनमाथि बिहिबार न्यायाधिशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालसमा बहस सकिएको हो ।
बहस सकिएलगत्तै उक्त इजालसले नेकपाको नाम सम्बन्धि विवादमा परेको फैसला फाल्गुन २० गते गर्ने जानकारी दिएको छ। सत्तारुढ दल भित्रको राजीनितिक बिभाजनले नेकपाको आधिकारिकता सम्बन्धि बहस र विवाद भईराखेको बेला अदालतको फैसलाले थप नयाँ मोड लिन सक्ने सम्भावना बढेर गएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय