हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले माधब नेपाल तत्कालिन एमाले पार्टीको अध्यक्ष हुँदा आफुहरुलाई अन्तर्वार्ता दिन समेत रोक लागेको बताएका छन्। पोखरामा नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपाल अध्यक्ष हुँदा बाहिर कार्यक्रममा गएर बोल्न पनि रोक लगाउने गरेको बताएका हुन्। १५ बर्षसम्म एमालेको नेतृत्व गरेका नेपाललाई आफुहरुले साथ दिंदा पनि सार्बजनिक कार्यक्रममा बोल्न रोक लगाउने गरेको खुलासा गरेका हुन् । उनले सार्बजनिक कार्यक्रम आफुले के बोलेको भन्ने कुरा क्यासेटमा रेकर्ड गरेर नेपालीलाई सुनाउनु पर्ने बताए। उनले भन,'माधव नेपालका पालामा हामी के बोल्यौं क्यासेट रकेर्ड गरेर सुनाउनु पर्थ्यो, अन्तर्वाता दिए कारबाहीमा परिन्थ्यो।'
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update