प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझेका छन् ।
उनले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुगेका थिए ।
गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार केहीदिन अघि घरभित्र लडेर उहाँलाई सामान्य चोटपटक लागेको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्