नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङले दलसम्बन्धी सर्वोच्च अदालतको निर्णय बेठिक समयमा आएको बताएका छन् । आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंग कुरा गर्दै गुरुङले नेकपा दलको आधिकारीकताका बारेमा गरेको निर्णय समयमा आउन नसकेको र बेठिक समयमा आएको बताएका हुन् । गुरुङले पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई ब्यूँताइ यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे ।
पार्टी एकीकरणपछि ३ वर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवशेष मेटिन नसक्ने उनको भनाई छ ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय