पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिको बारेमा आफूहरु आन्तरिक छलफलमा रहेको र कानूनी परामर्शमा रहेको बताएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले मुलुकलाई निकास दिन आफुहरु लाग्ने समेत बताए । त्यस्तै उनले अब केपी ओली सत्तामा रहन नसक्ने तर्क गरे । अब कसरी अघि बढ्ने बारेमा छिटै निष्कर्षमा पुगिने उनले बताए । उनले सरकारले ल्याएको अध्यादेशमा आफुहरुको विरोध रहेको बताए ।
त्यस्तै पूर्वप्रधानमन्त्री माधव नेपालले सर्वोच्चको निर्णयपछि केपी ओली प्रधानमन्त्री पदमा रहन नमिलने धारणा राखे । उनले तत्कालिन नेकपा एमाले पनि ओलीको नभएर आफुहरुको रहेको तर्क गरे ।.
सर्वोच्चको निर्णयप्रति आफुहरु छलफलमा रहेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्