प्रचण्ड–नेपाल पक्षले सर्वोच्चले ऋषि कट्टेलको नाममा नेकपा रहने फैसलाका बारेमा सोमबार आधिकारीक धारणा सार्वजनिक गर्ने भएको छ ।
आइतबार साँझ सिंहदरबारमा कानूनबिद्संग छलफल गरेपछि पुष्प कमल दाहाल प्रचण्डले सर्वोच्चको निर्णयपछि आफुहरु छलफलमा जुटेको भन्दै सोमबार धारणा सार्वजनिक गर्ने जानकारी दिए ।
प्रचण्डले सर्वोच्चको फैसला अनापेक्षित रुपमा आएको र राजनीतिक जस्तो लागेको भन्दै आवश्यक निर्णय गर्ने बताए ।
समग्रको फैसलाको विस्तारपूर्वक गरेर सोमबार धारणा सार्वजनिक गर्ने उल्लेख गरे । पार्टी एकतापछि नेकपाका कसैले पनि नयाँ पार्टी निर्वाचन अयोगमा दर्ता नभएको भन्दै कसैले दर्ता गरेको पाइए राम्रो नहुने चेतावनी दिए ।
प्रचण्ड–नेपाल पक्षले सर्वोच्चको फैसलाका बारेमा अन्य बिज्ञ र सरोकारवालासंग छलफल गर्ने जनाएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय