नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बैठक बस्दै छ। आइतबार सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि अब माओवादी केन्द्रले सरकारलाई समर्थन दिने वा नदिने बारे छलफल गर्न आज दिउसो १ बजे पार्टी कार्यलय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।
उक्त बैठकमा माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरूको सहभागी हुनेछ । आइतबार सर्वाच्च अदालतको फैसलापछि माओवादी केन्द्रको पहिलो बैठक हो । बैठकमा आज ब्युँतिएको माओवादी केन्द्रले नेकपा एमालेलाई नै समर्थन गर्ने वा प्रतिपक्ष दल नेपाली कांग्रेस र जसपा संग मिलेर नयाँ सरकार बनाउने भन्ने बारे छलफल हुने छ ।
यसअघि हिजो मात्र पेरिसडाँडामा दाहाल-नेपाल पक्षका नेताहरुको बैठक भएको थियो। करिब ४ घटनाभन्दा बढी चलेको उक्त बैठकमा अब साविक नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले सर्वोच्च अदालतको फैसला अनुसार पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको थियो ।
पाडाको टाउको र ठेकीको किस्सासँग मिलेको एमाले, माओवादीको राजनीति |
यसअघि हिजो मात्र पेरिसडाँडामा दाहाल-नेपाल पक्षका नेताहरुको बैठक भएको थियो। करिब ४ घटनाभन्दा बढी चलेको उक्त बैठकमा अब साविक नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले सर्वोच्च अदालतको फैसला अनुसार पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको थियो ।
पाडाको टाउको र ठेकीको किस्सासँग मिलेको एमाले, माओवादीको राजनीति
संसद पुनस्थापना भएको खुशीयालीमा विशेषगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असन्तुष्ट पक्षका नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले उक्त फैसलालाई विघटनको सिफारिसकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मनाक हार र आफ्नो सानदार जीतको रुपमा व्याख्या पनि गरे।प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय