राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तले आफ्नो मानहानी गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छिन् ।
मंगलबार अदालतमा ओलीले आफ्नै पार्टीका सदस्य बिरुद्ध गाली बेइज्जतीसम्बन्धी कसुरमा मुद्दा दायर गरेकी हुन् ।
मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०५, ३०६ र ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेको वलीले बताईन । नेता पन्तले फागुन १५ गते सामाखुसीमा आयोजित एक कार्यक्रममा वलीबारे विवादित टिप्पणी गरेका थिए। वलीले आफुमाथिको अभिव्यक्ति सिंगो महिलामाथिको अभिव्यक्ति भएको बताईन । उनले आफ्नो प्रतिष्ठामा आँच पुराउने काम गरेको र अदालतले आफुलाई न्याय दिने विश्वास व्यक्त गरिन् ।
वलीले अदातमा पेस गरेको मुद्दामा दावी पुरा भए विस हजार रुपैयाँ र दुई बर्ष कैद सजाय वा दुबै हुन सक्ने व्यवस्था रहेको छ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्