जनता समाजवादी पार्टीले टीकापुर काण्डका मुख्य अभियुक्त भनिएका रेशम चौधरीको रिहाइ लगाएतका मुद्धा सम्बोधन गर्ने पक्षलाई नै समर्थन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको जसपाको संसदीय दल बैठकले उधारोमा नभइ हाताहाती रुपमा जस्ले आफुहरुको माग सम्बोधन गर्न गर्छ, उसैलाई नै समर्थन गर्ने निर्णय गरेको हो ।
आफुहरुलाई पटक पटक आश्वासन दिए पनि माग सम्बोधन नभएकाले आफुहरुको मागलाई प्राथमिकतामा राखेर अघि बढ्ने जसपाको निष्कर्ष छ । त्यस्तै जसपाले सरकार र माओवादीसंग छलफल गर्नका लागि वार्ता टोलीलाई पूर्णता दिने नेता राजेन्द्र महत्तोले बताए । उनले सरकारमा जाने प्रस्ताव अहिलेसम्म नआएको बताए । माग सम्बोधन नभएसम्म कसैसँग सम्झौता र सहकार्य नहुने बताए ।
संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ आफ्नो पार्टीका सर्त रहेको उनले बताए । संघीय समाजवादी र जनता समाजवादी पार्टी एकीकृत भएर जनता समाजवादी पार्टी बनेपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय