जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक कदम उठाउने र अलोकतान्त्रीक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति भएको बताएका छन् ।
बुधबार संघीय संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै असंवैधानिक कदम र प्रतिगमन कदम चाल्नेलाई सत्ताबाट हटाउन पार्टीको मूल ध्येय हुने समेत बताए । उनले ओली नेतृत्वको सरकारमा जाने जसपाको कुनै योजना नरहेको स्पष्ट पारे ।
उनले प्रधानमन्त्रीसंग सरकारका बिषयमा नभएर रेशम चौधरीलाई रिहाई गर्ने बिषयमा भएको तर्क गरे । जसपाले लोकतन्त्र र संघीयताको रक्षा गर्ने शक्तिसंगमात्र सहकार्य गर्ने भन्दै उनले त्यो शक्ति नेकपा एमाले नभएको तर्क गरे ।
उनले कांग्रेस र माओवादीको सरकारमा जान पार्टी खुल्ला रहेको बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय