हिमाल दैनिक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता,गणतन्त्र, समावेशी मन नपराउने प्रतिगामी, प्रतिक्रियावादीहरुले देशमा भएका परिवर्तनहरु उल्ट्याउने कोसिश गरिरहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले देशमा हुनै नसक्ने कुरा हुन थालेको भन्दै केही अनिष्ट हुँदैछ कि देशमा भन्ने संकेत देखा परेको आशंका व्यक्त गरे । उनले भने,'‘यस्तो अचम्म पनि हुँदोरहेछ, यस्तो अनौठो परिघटना पनि हुँदोरहेछ । यसबाट पनि पुष्टि हुन्छ, केही अनिष्ठ त हुँदैछैन देशमा, अझै कति अस्वभाविक परिघटना देख्न पर्ने हो ?' प्रचण्डले प्रतिगामीहरुले परिवर्तन उल्ट्याउन संयन्त्र गरिरहको बताउदै त्यसमा भूमिका खेल्ने नेताहरुलाई बद्नाम गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको जानकारी दिए । १२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहे पनि आफु जीवितै छु भन्दै अहिले यो परिवर्तन उल्ट्याउन सबै भन्दा घेराबन्दी आफुमाथि भइरहेको महसुस आफुले गरेको बताए । अहिले संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस भइरहेको भन्दै ‘प्राप्त उपलब्धीको हत्या गर्ने र एक खालको निरंकुशतातिर लैजाने भयो भने आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन बताए । कार्यक्रममा नेपाली कांग्रेसका प्रमुुख सचेतक बालकृष्ण खाँणले यदि कसैले यो संविधान च्यात्न खोजे च्यात्न खोज्ने शक्ति नै च्यातिने बताए । खाँणले नेताहरुले देश,जनता,आफु सबैलाई बचाउनुपर्नेमा जोड दिए ।  
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update