प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच वार्ता सुरु भएको छ । पछिल्लो राजीनितिक घटना क्रमबारे छलफल गर्न कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा कांग्रेस र जसपा नेपालका शीर्ष नेताबीच समसामयिक विषयमा छलफल भइराखेको छ ।
गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वाेच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वाेच्चले नै यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ ।
यस अघि जसपाले अहिलेको अवस्थामा नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको थियो । सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले नयाँ बन्ने सरकारको नेतृत्व दावी गर्ने तर कुनै दलको भर्याङ नबन्ने निष्कर्ष निकालेको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय