जनता समाजवादी पार्टी (जसपा) ले अहिलेको अवस्थामा नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको छ । सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले नयाँ बन्ने सरकारको नेतृत्व दावी गर्ने तर कुनै दलको भर्याङ नबन्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि नेता राजकिशोर यादवले अब जसपाले नै सरकारको नेतृत्व गर्नुपर्ने पार्टीभित्र एकमत रहेको बताए ।
यस बिषयमा अन्य दलहरुसंग पनि छलफल गर्ने उनले बताए । बैठकले संसदीय दलको बैठक विधान र नेताको टुङ्गो पनि लगााउन सकेन ।
विधान मस्यौदा समितिले छलफलका लागि समय माग गरेकाले बिधान पारित हुन नसकेको यादवले जानकारी दिए । विधान स्वीकृत भएपछि मात्रै दलको नेता चयन हुने यादवले बताए ।
सरकारसँग अहिले कार्यदल बनाएर भइरहेको छलफल रेशम चौधरीको रिहाइका लागि मात्रै भएको जसपाको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्