सत्ता समिकरणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल भएको छ । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
उनले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेश र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको मागको सम्बोधन हुनुपर्ने बताए ।सरकारको बारेमा माओवादीसँग पनि छलफल गर्ने उनले बताए । उनले छलफलहरुबीच भएको छलफलका बारेमा पार्टीभित्र थप छलफल गर्ने र निर्णयमा पुगिने जानकारी दिए । प्रधानमन्त्रीमा तपाईंकै नाम चर्चामा छ भन्ने प्रश्नमा पत्रकारलाई उनले धन्यवाद दिए ।
छलफलपछि नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले छलफल सकारात्मक भएको र विपक्षी दलहरूबीच सत्ता समीकरणमा एकता हुने सम्भावना बलियो बनेको बताए । फेरि पनि छलफल गर्ने सहमति दुई दलबीच भएको उनको भनाइ छ । त्यस्तै उनले कांग्रेसको पदाधिकारी बैठकमा पनि पछिल्लो राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको जानकारी दिए ।
सत्ता सहकार्यका लागि छलफल गर्न जसपा शिर्ष नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास पुगेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय