नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारमा जान हत्तार नगर्ने बताएका छन् । कांग्रेस महिला बिभागले आयोजना गरेको महिला भेलामा सभापति देउवाले जनताले प्रतिपक्षीमा बस्ने म्याण्डेड दिएकाले सरकारमा जान हतार नगर्ने बताएका हुन् ।
देउवाले अहिले लोकतन्त्रलाई बचाउनका लागि अन्य दलहरुसंग छलफल भइरहेको उल्लेख गरे । उनले संसदमा आफुको संख्या कम भएकै कारण आफुहरुको एजेण्डा स्थापीत हुन नसकेको बताए । देउवाले स्थायी प्रजातन्त्र स्थापीत गर्नका लागि सवै दलहरु एक भएर अघि बढ्नुपर्ने धारणा राखे । मुलुकमा प्रजातन्त्रलाई कमजोर हुन नदिन नै कांग्रेसको ध्यान केन्द्रीत रहेको उनको भनाई छ ।
देउवाले नेपालको परिवर्तनमा महिलाहरुको सहभागीता निकै महत्वपूर्ण रहेको भन्दै कांग्रेसले महिलाका अधिकारको मुद्धाका लागि सदैव लड्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले मुलुकमा लोकतन्त्र जोगाउन र मुलुकलाई निकास दिन कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने बेला आएको धारणा राखेका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय