हिमाल दैनिक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफुलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् । प्रकाश बिकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक बिमोचन गर्दै प्रचण्डले आफुलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाई आफु प्रधानमन्त्री बन्न नभएको स्पष्ट पारेका हुन् । सवैको हक अधिकार स्थापीत गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको जिकिर गरे । उनले यसअघि पनि पटक पटक आफुलाई राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए । आफुलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफुलाई जोगाएको बताउदै प्रचण्डले अवको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताए । त्यस्तै प्रचण्डले जनताको बिचार सहि भए सहि नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update