नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता भिम रावलले आजको बैठकमा कुनै निस्कर्ष ननिस्किएको बताएका छन् । आज एमालेको पार्टी कार्यलय धुमबाराहीमा ओली पक्ष र नेपाल पक्ष बीच भएको वार्तामा कुनै सहमति नभएको नेता रावलले जानकारी दिए ।
बैठकबाट बाहिरिने क्रममा रावलले संचार मध्यमसंग कुरा गर्दै उनले भने,' २८ गते गरिएको भनिएको निर्णयमा हामी सहमत भएनौं। त्यो निर्णय पार्टी विधानअनुसार छैन भन्दा अर्को पक्षले स्वीकारेको सुन्न पाएनौं। कुरा मिलेन।’
फागुन २८ गते ओलीले गरेको एकलौटी निर्णय फिर्ता हुनुपर्नेमा नेपाल पक्षका नेताहरुले जोड दिएको उनले बताए । नेपाल पक्षले ओलीले गरेको उक्त निर्णय बिधान अनुसार नभएको बताए पनि अध्यक्ष ओलीले उक्त कुरा नस्विकारेको रावलले बताए ।
उनले एमाले र माओवादी अलग भएपछि स्वाभाविक रूपमा आफुहरु तीन वर्षअघिको अवस्थामा चल्नुपर्ने धारणा राखे। उनले पार्टीको सम्पूर्ण काम एकताअघिको बिन्दूबाट सुरु हुनुपर्छ भन्ने धारण बैठकमा राखेको बताए। उनले भने '२८ गते भयो भनिएको बैठकले गरिएका निर्णयको प्रभाव शून्य हुन्छ भन्ने तथ्यगत कुरा राख्यौं । सहमति भएन । हामी त्यसमा सहमत हुनै सक्दैनौं । पूर्ववत अवस्थामा गएको अवस्थामा गएन भने मान्य कुरा हुँदैन ।’
उनले आफुहरु वामपन्थी एकताको पक्षमा रहेको र यसलाई एकताबद्ध बनाउने भन्ने कुरा बैठकमा राखेको उनले बताए।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि एमाले अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताविना बैठकले केन्द्रीय कमिटीका पदाधिकारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो ।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना र एमाले ब्युतिएपछि पहिलो पटक शीर्ष नेताहरु एमालेलाई एकताबद्ध बनाउन र एकापसमा देखिएका विवाद सुल्झाउन छलफलमा जुट्नुभएको हो । गत फागुन २३ गते नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएका हुन् ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय