नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी एकता प्रस्थानविन्दूबाट सुरु हुनुपर्ने बताएका छन् । आज एमाले पार्टी कार्यलयमा संस्थापक पक्ष र नेपाल पक्षको बीच भएको वार्तामा आफुहरुले सर्वोच्चले पार्टी ब्युँताइदिएपछि अब पार्टी एकताको प्रस्थानविन्दूबाट हुनुपर्ने कुरा बैठकमा राखेको बताएएका छन्।
बैठकबाट बाहिरिने क्रममा संचार मध्यमसंग कुरा गर्दै पाण्डेले भने, ‘सर्वोच्चले एमाले ब्युँताइदियो। त्यहीँबाट पार्टी एकताको प्रस्थानविन्दू बनाऔं भनेर हामीले भन्यौं, त्यसमा खासगरी अध्यक्षको सहमति भएन।’
उनले आजको बैठक रमाइलो दंगले बढेपनि कुनै निस्कर्ष ननिस्किएको बताए। उनले भने, ‘मीठो ढंगले कुराकानी भयो। रमाइलो ढंगले कुराकानी भयो तर कुरा मिलेन।,’
प्रकाशित मिति: आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय