नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको वार्तालाई तिव्रता दिने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले मुख्यतया दुई दलसँग वार्ता गर्ने भन्दै केहि दिनका लागि केन्द्रीय कमिटी बैठक स्थगित गर्ने निर्णय गरिएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वोच्चमा पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएको उनले बताए । उनका अनुसार बैठकमा जनार्दन शर्मा, हेमराज भण्डारी, जयपुरी घर्ती र ओम शर्मा २० जना नेताहरुले धारणा राखेका थिए । श्रेष्ठले फागुन २३ मा साविकका नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिने गरी सर्वोच्च अदालतबाट आएको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय भएको पनि बताए ।
त्यस्तै माओवादीले केन्द्रीय कमिटी बैठक पुन बसेर मात्र राष्ट्रिय कार्यकर्ता भेला गरिने जानकारी पनि दिए ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय