नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीको व्यक्तिबाद र बिचलनले धेरै बिगारेको भन्दै अहिलेको लडाई बिचारकै भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा अखिल नेपााल महिला संघको राष्ट्रिय कार्यकता भेलामा नेता नेपालले ओली सिद्धान्तनिष्ट र आदर्शप्रति समर्पित हुन नसकेकाले आफुहरु बिचारको लडाई लड्न बाध्य भएको बताए । उनले अहिले क्रान्तिकारी पार्टी वा व्यक्तिवादी पार्टी बनाउने लडाइ भएको भन्दै पद वा जुँगाको लडाइ नभएको पनि बताए ।
उनले ओलीको घमण्डकै कारण देश र पार्टी बिग्रेको आरोप लगाए । उनले समाजको परिवर्तन नै आफुहरुको मूल लक्ष्य भएको तर्क गरे । ओलीले ठिक ढंगले पार्टी नचलाएकोले आफुहरुले विरोध गरेको उनको भनाई छ । त्यस्तै उनले आफुहरुप्रति ओलीले हामी कहाँ छौ भनेर व्यङ्ग गरेको भन्दै छिटै आफुहरु बालुवाटारमा हुने धारणा पनि राखे ।
उनले अव नेकपा एमालेलाई जनताप्रति समर्पित गर्दै शसक्त ढंगले समाजवादको बाटोमा अघि बढाउने उल्लेख गरे ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय