हिमाल दैनिक
पूर्व अर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदूतमा सिफाारिस
khatiwada-oli
पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूतका लागि सिफाारिस गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले डा खतिवडालाई अमेरिकाका राजदुतका लागि सिफारिस गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको छ। कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव नियुक्त भएका थिए । त्यस्तै मन्त्रिपरिषद्को निणर्य सार्वजनिक प्रवक्ता ज्ञवालीले बिहीबार नै राजीनामा दिनुभएका रेग्मीलाई बेलायतका लागि राजदूत र दक्षिण अफ्रिकाको राजदूतका लागि निर्मल कुमार विश्वकर्माको नाम सिफारिस गरिएको छ । बैठकले आर्थिक ऐनका केहि दफामा रहेका करका दरहरुलाई घटाउने निर्णय गरेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update